गृहपृष्ठ केन्याविरुद्धको दोस्रो एकदिवसीय : ब्याटिङ गर्दै नेपाल
केन्याविरुद्धको दोस्रो एकदिवसीय : ब्याटिङ गर्दै नेपाल
नेपालले अहिले केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेलिरहेको छ । केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
यसअघि शुक्रबार पहिलो एकदिवसीय खेलमा नेपाल केन्याविरूद्ध सात विकेटले विजयी भयो । जितसँगै नेपालले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी-२० क्रिकेट सिरिज खेलेको थियो । नेपालले उक्त सिरिज ३-२ ले जित्यो ।
नेपालले केन्यासितको अन्तिम एकदिवसीय खेल सोमबार खेल्ने तय भएको छ ।
प्रकाशित समय : १३:३४ बजे



















