गृहपृष्ठ हिम इलेक्ट्रोनिक्सको शोरुमलाई स्तरवृद्धि गरियो
हिम इलेक्ट्रोनिक्सको शोरुमलाई स्तरवृद्धि गरियो
नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० बनाएको छ ।
यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ । शोरुमको उद्घाटन सामसुङ साउथ वेष्ट एसिया, नेपाल ब्रान्च हेड सुङ जुन पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका थिए ।
निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यकाबाहिर पाँच वटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ वटा आउटलेट सञ्चालनमा रहेको बताइन् । उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको कुरामा पनि जोड दिइन् ।
सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ । हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरू मार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामग्री उपलब्ध गराउनुका साथै विश्व स्तरमा प्रख्यात सामग्रीहरू उचित मूल्यमा र ईएमआई सेवाहरूमार्फत पनि सजिलै उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित समय : १३:४५ बजे



















