global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा छ’

‘नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा छ’

‘नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा छ’

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए । नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने बताए ।

राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने उनकाे भनाइ थियाे । उनले भने, ‘मुलुकको अर्थतन्त्र एउटा सानो घेराले मात्रै सञ्चालन गरेर उनीहरुको स्वार्थमा अर्थमन्त्रीलाई सफल र असफल बनाउने खालको काम सानो समूहले खेल्छ भन्ने छ । तर त्यस्तो एकाधिकार हुनु हुँदैन। यसलाई प्रतिष्पर्धी नै बनाउनु पर्छ ।’ अवस्थामा निजी क्षेत्रलाई पुँजी निर्माण गर्न प्रेरित गर्नुपर्ने उनले बताए ।

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु संरचनागत समस्या रहेको बताए । सरकारसँग १ लाख ३३ हजार निजामती कर्मचारीहरु भए पनि प्राविधिक कर्मचारी कम भएकाले समस्या रहेको बताए । नेपालको संरचनागत व्यवस्थालाई परिवर्तन गरेर पुँजीगत खर्च गर्नलायक संरचना बनाउन आवश्यक रहेको उनकाे सुझाव थियाे ।

सरकारले विकास निर्माणको कार्य हेर्ने छुट्टै निकाय आवश्यक रहेको बताए । अहिले सरकारले विकास निर्माणको काम सुरु गर्ने तर अदालतले रोक्दासमेत समस्या भएको उनले औंल्याए । समग्र नेपालको न्यायपालिका, व्यवस्थापिका, कार्यपालिका, नागरिक समाज सबैलाई विकासमैत्री बनाउन सरकारले पहल गर्नुपर्ने उनले धारणा राखे ।

प्रकाशित समय : १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु