global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल वेयर हाउजिङले ३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्दै

नेपाल वेयर हाउजिङले ३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्दै

नेपाल वेयर हाउजिङले ३ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्दै

नेपाल वेयर हाउजिङ कम्पनीले पौने १४ लाख कित्ता प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) गर्ने भएको छ ।

कम्पनीले जारी पुँजीको २० प्रतिशतबराबर हुन आउने कुल १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नलागेको हो । यसका लागि हिमालयन क्यापिटल र कम्पनीबीच सम्झौता भएको छ ।

उक्त कम्पनी नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दीर्घकालीन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङमा समन्वय गर्ने उद्देश्यले स्थापना भएको हो ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र निष्काशन कम्पनी नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडमा नेपालको औद्योगीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै आइरहेका प्रख्यात व्यवसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ । कम्पनीले प्रदेश नं. १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टनका आधुनिक साइलोहरुमार्फत कृषकहरुलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ ।

साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु