काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ आजको मौसम पूर्वानुमान

756
shares

काठमाडौँ। हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने छ भने तराईमा मौसम सफा रहनेछ । हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।