आजको राशिफल : कुन राशिलाई कस्तो छ आजको दिन?
वि.सं.२०८३ कात्तिक २७ शुक्रवार ०५:४३
shares

मेष: सन्तानको सुखले मन प्रसन्न रहनेछ। आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय बिताउने अवसर मिल्नेछ। अध्ययन, अध्यापन तथा अनुसन्धानमूलक क्षेत्रमा सफलता हात लाग्नेछ। राज्यबाट सम्मान प्राप्त गर्ने योग छ। प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ भने जीवनसाथीको सहयोग प्राप्त हुनेछ। यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ।
वृष: खानपान तथा मौसममा ध्यान नदिँदा स्वास्थ्यमा समस्या देखिन सक्छ। व्यापारमा मन्दी आउनुका साथै आम्दानी घट्दा दैनिकी असहज बन्न सक्छ। पुराना समस्या दोहोरिनाले काममा अलमल हुन सक्छ। प्रेम सम्बन्धमा अविश्वास बढ्दा केही समय दूरी आउन सक्छ। यद्यपि, अध्ययनमा मन जानेछ भने पढाइकै सिलसिलामा लामो दूरीको यात्रा गर्ने योग छ।
मिथुन: व्यापारमा लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ। व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। लगनशीलता र इमानदारिताले दैनिकीमा सकारात्मक परिवर्तन ल्याउनेछ। अध्ययनमा सफलता मिल्नेछ। भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोगबाट आम्दानी बढाउन सकिनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ।
कर्कट: बन्द व्यापारबाट आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर मिल्नेछ। विरोध गर्नेहरू पनि तपाईंको प्रशंसा गर्न थाल्नेछन्। प्रतिस्पर्धामा सफलता हात पार्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ। राम्रा काममार्फत आम्दानी बढाउन सकिनेछ। छोटो दूरीको यात्रा हुने योग छ।
सिंह: अध्ययन तथा अध्यापनका लागि समय अनुकूल रहनेछ। अपेक्षाअनुसार उपलब्धि हासिल गर्न सकिनेछ। आम्दानीको तुलनामा खर्च कम हुने भएकाले अन्य क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। काम गर्ने वातावरण बन्नेछ भने आर्थिक अवस्थामा सुधार आउनेछ। आफन्त तथा प्रियजनबाट उपहार प्राप्त हुने योग छ। सन्तानको प्रगति देखेर खुसी हुने अवसर मिल्नेछ।
कन्या: समय अनुकूल रहेकाले रमाइलो यात्राको अवसर मिल्नेछ। व्यापारबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने मीठोमसिनो भोजनको अवसर मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नुका साथै धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ। आर्थिक क्षेत्रमा गरिएको लगानीबाट लाभ लिन सकिनेछ। तर आफन्तसँगको सम्बन्धमा सावधानी अपनाउनु राम्रो हुनेछ। राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिका लागि समय मध्यम रहनेछ।
तुला: समाजमा गुमेको प्रतिष्ठा पुनः प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ। समयको सदुपयोगले भाग्य वृद्धि हुनेछ। दीर्घकालीन लाभ दिने काम सुरु गर्न सकिनेछ। नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ। लगानीबाट राम्रो लाभ लिन सकिनेछ। छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने सम्भावना छ।
वृश्चिक: अहिले गरेका कामबाट राम्रो आम्दानी हुनेछ। आवश्यक स्रोतसाधन तथा भौतिक सम्पत्ति समयमै जुट्ने भएकाले काम सहजै सम्पन्न गर्न सकिनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। परिवारसँग रमाइलो वातावरणमा समय बित्नेछ। थोरै समय अध्ययन गरे पनि उत्कृष्ट नतिजा प्राप्त हुने अपेक्षा गर्न सकिन्छ। सूचना प्रविधिको क्षेत्रमा गरिएको लगानीबाट लाभ लिन सकिनेछ।
धनु: पुराना कामबाट लाभ लिने समय छ। नयाँ काम सुरु गर्दा पनि राम्रो आम्दानी गर्न सकिनेछ। समयको सदुपयोग गर्दै रचनात्मक कामबाट समाजमा नाम कमाउन सकिनेछ। साथीभाइको सहकार्यबाट राम्रा काम सम्पन्न हुनेछन्। प्रेम सम्बन्धका लागि समय अनुकूल रहनेछ भने नयाँ प्रेम प्रस्ताव आउन सक्छन्। विद्यार्थीले अध्ययनमा प्रगति गरी आफन्त तथा गुरुजनलाई खुसी बनाउन सक्नेछन्।
मकर: समय अनुकूल रहेकाले विदेशी वस्तुको व्यापारबाट राम्रो लाभ लिन सकिनेछ। विदेशी लगानीमा सञ्चालित संस्थामा रोजगारी प्राप्त हुने वा विदेश यात्रा गर्ने सम्भावना छ। खानपान तथा मनोरञ्जनमा समय बित्नेछ। तर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले ध्यान दिनुहोला। राज्यसँग सम्बन्धित काम गर्दा सावधानी अपनाउनुहोला, अन्यथा जरिवाना हुन सक्छ।
कुम्भ: मन परेको व्यक्तिबाट चिट्ठा वा उपहार प्राप्त हुँदा मन प्रसन्न हुनेछ। आफन्त तथा अग्रजबाट काममा सहयोग र उचित सल्लाह मिल्नेछ। खनिज पदार्थको व्यवसाय फस्टाउनेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ। अध्ययनमा अपेक्षित सफलता मिल्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न आफन्तको सहयोग प्राप्त हुनेछ। प्रविधिको क्षेत्रमा गरिएको लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ।
मीन: कार्यक्षेत्रमा राम्रो काम गरेर नाम कमाउन सकिनेछ। व्यापार व्यवसाय फस्टाउनेछ भने आर्थिक अवस्था मजबुत हुनेछ। राजनीति तथा समाजसेवामा जनताको हितमा काम गर्दा इज्जत र प्रतिष्ठा बढ्नेछ। रोजगारी प्राप्त हुने समय छ भने हाल गरिरहेको काममा पदोन्नति वा प्रगतिको सम्भावना छ। शालीन स्वभावले सबैको मन जित्न सकिनेछ। प्रेम सम्बन्धमा खुलेर रमाउने समय छ। प्रविधिको क्षेत्रमा गरिएको लगानीबाट राम्रो आम्दानी गर्न सकिनेछ।

























