global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तत: स्वदेश फर्किए राजापाक्षे

अन्तत: स्वदेश फर्किए राजापाक्षे

अन्तत: स्वदेश फर्किए राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे स्वदेश फर्किएका छन् । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको आइल्याण्ड देश श्रीलंकामा आन्दोलन चर्किएपछि राजापाक्षे देशबाट भागेका थिए ।

उनी शुक्रबार स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्थायी भिसामा थाइल्याण्डमा बस्दै आएका राजापाक्षे सिंगापुर हुँदै श्रीलंका फर्किएका हुन् । उनी गएको जुलाईमा प्रदर्शन चर्किएपछि श्रीलंका छोडेर भागेका थिए ।

श्रीलंकाका केही मन्त्रीहरुले उनीसँग विमानस्थलमा भेट गरेको जनाइएको छ । आक्रोशित प्रदर्शनकारी आधिकारिक निवास र कार्यालयमा प्रवेश गरेपछि राजापाक्ष सैन्य विमानमार्फत गएको जुलाईमा माल्दिभ्स उडेका थिए ।

त्यसपछि उनी सिंगापुर गए र त्यसपछि थाइल्याण्डमा थिए । उनले सिंगापुरबाट राजीनामा दिएका थिए ।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु