global ime bank Long Banner Ad

गृहपृष्ठ फोर्स मोटर्सको ‘दसैं तिहार अफर’ सार्वजनिक

फोर्स मोटर्सको ‘दसैं तिहार अफर’ सार्वजनिक

फोर्स मोटर्सको ‘दसैं तिहार अफर’ सार्वजनिक

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा कुनै पनि गाडीको खरीदमा उपहारको वर्षा लिएर आएको छ ।

यसअन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टीभाी, स्मार्ट फोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ । यस अफर आजको मितिदेखि लागू भई छठ पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

विगत ८ वर्षदेखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आइरहेको छ । आयाम इन्टरकन्टिनेन्टलले काठमाडौंको गैह्रीधारा, पोखराको चाउथे र सुनसरीको इटहरीमा आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फाेर्स माेटर्सका गाडीहरु बिक्री वितरणमा ल्याइरहेको छ ।

प्रकाशित समय : १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु