गृहपृष्ठ नेपाल-केन्याबीच दोस्रो एक दिवसीय खेल आज
नेपाल-केन्याबीच दोस्रो एक दिवसीय खेल आज
नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सवा १२ बजे सुरु हुनेछ ।
केन्या भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई ७ विकेटले हराउँदै तीन खेलको शृंखलामा १–० को अग्रता बनाइसकेको छ ।
आजको खेल जित्दै शृंखला जित्ने योजनामा नेपाल रहेको छ । नियमित कप्तान सन्दीप लामिछाने सीपीएल खेल्न वेष्ट इन्डिज जाँदा रोहित पौडेलले नेपालको कप्तानी गरेका थिए ।
नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको थियो ।
युवा खेलाडीलाई अवसर दिँदै आएको घरेलु टोली केन्याले दोस्रो खेलमा पनि नयाँ खेलाडीलाई अवसर दिने सम्भावना छ ।
नेपाल र केन्याबीचको तेस्रो एक दिवसीय खेल सोमबार हुनेछ ।
प्रकाशित समय : ११:२९ बजे


















