गृहपृष्ठ पछिल्लो ८ महिनामा ३ लाख बढी पर्यटक भित्रीए
पछिल्लो ८ महिनामा ३ लाख बढी पर्यटक भित्रीए
सन् २०२२ को प्रारम्भबाटै आगमनमा सुधार देखिन थालेको पर्यटन क्षेत्रमा अगष्टसम्म आइपुग्दा आँकडामा पनि सुधार आएको छ ।
अध्यागमन विभागका अनुसार अगष्ट २०२२ मा मात्र ४१ हजार ३०४ जना विदेशी नागरिक नेपाल आएका छन् । यससँगै सन् २०२२ को जनवरीदेखि अगष्ट महिनासम्म कुल ३ लाख २६ हजार ६६७ जना पर्यटक नेपाल आएको विभागको तथ्यांकले देखाएको छ ।
यो तथ्यांक कोरोना भाइरसको त्रासबाट उठ्दै गर्दाको हो ।
कोभिड महामारी अगाडि सन् २०१९ मा अगष्ट महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० मा ५८४ जना मात्र आउने वातावरण बन्यो ।
प्रकाशित समय : ०७:२२ बजे


















