global ime bank Long Banner Ad

गृहपृष्ठ दशैंको अग्रिम बुकिङ : हवाई टिकट कतै सकियाे, कतै धमाधम बिक्री

दशैंको अग्रिम बुकिङ : हवाई टिकट कतै सकियाे, कतै धमाधम बिक्री

दशैंको अग्रिम बुकिङ : हवाई टिकट कतै सकियाे, कतै धमाधम बिक्री

दशैंमा हवाई सेवाबाट काठमाडौं छाडेर जानेहरुले धमाधम टिकट बुकिङ गरेका छन् । दशैंको अन्तिम दिनहरुलाई लक्षित गरी उच्च दरमा टिकट बुकिङ गरिएको छ । कतिपयको बिक्रि भइरहेको छ भने, कतिपय ठाउँका लागि सबै टिकट बिक्री भइसकेको छ । यसमध्ये तुम्लिङटार विमानस्थलका लागि अब कुनै टिकट बाँकी रहेको छैन ।

काठमाडौं छाडेर जानेहरुले फूलपातिपछि सबैभन्दा बढी बुकिङ गरेका छन् । दशैंको टिकाको भोलिपल्टबाट भने उपत्यका बाहिरबाट काठमाडौं फर्कनेहरुले बुकिङ गरेका छन् ।

अहिले सबै वायुसेवा कम्पनीमा टिकटको अवस्था हेर्दा ५० प्रतिशतभन्दा धेरै बुकिङ भइसकेको छ । सामान्यतया १/२ महिनाअगाडि नै टिकट बिक्री गर्नेहरुले सस्तो दरको टिकट हात पार्छन् ।

त्यसपछि भने महँगो दरको टिकटहरुमात्र बाँकी रहन्छ । कम्पनीहरुले अनलाइन टिकट बुकिङ सहज बन्दै गएपछि वर्षभर नै टिकट बुक गर्न सकिने गरी खुला छाडेका छन् । यसैकारण दशैंलाई भन्दै घोषित रुपमा टिकट बिक्री खुलाउने गरिएको छैन ।

वायुसेवा कम्पनीहरुले अहिले सुगम भेगमा पर्याप्त मात्रामा ठूला जहाज थपेका छन् । यसले विगतमा जस्तै चाडबाडमा हवाईजहाजको टिकट नै नपाउने समस्या नहुने वायुसेवा कम्पनीहरुको भनाइ छ । तर कतिपय दूर्गम स्थानका लागि भने समस्या हुनसक्ने उनीहरुको भनाइ छ ।

प्रकाशित समय : ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु