काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआईसी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक

12.29K
shares

एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ अनवरत रुपमा अघि बढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ ।

साथै, अधिकतम बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइसमेत सहजै चुम्न सकिने सन्देशसमेत रहेको छ । यस्तै, बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धिलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२-२७’ रणनीति तय गरेको छ । जसमा बैंकले आफूलाई सम्पूर्ण सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ ।