काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२१.९७ अंकले घट्यो नेप्से, सबै उपसूचक राताम्य

11.36K
shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २१.९७ अंकको गिरावट आएको छ । नेप्से १.१० प्रतिशत घट्दै समग्र परिसूचक १९७३.३८ अंकमा आइपुगेको छ ।

सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले घटेर ३८४.५९ अंकमा आइपुगेको छ । आज १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार नेप्से २.३३ अंकले बढेर १९९५.३४ को बिन्दुमा कायम भएको थियाे । त्यस दिन १ अर्ब १ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार हुँदा २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएका थिए ।

नेप्सेमा आज कारोबार भएको सबै १३ वटै समूहकाे सूचक राताम्य भएका छन् । जीवन बिमा समूहमा १३७.४४ अंकको गिरावट आएको छ भने लघुवित्त समूह ६६ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह ६५ अंक, उत्पादनमूलक समूह ५०, जलविद्युत ४९ अंक, होटल र टुरिज्म समूह ३६ अंकले घटेको छ ।