काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले केन्द्रीय कमिटीको बैठक सुरु, राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै

9.2K
shares

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

शुक्रबारबाट सुरु भएको बैठकमा शनिबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ । राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ९ समूह विभाजन गरिएको छ ।

एमाले प्रचार विभागका अनुसार प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले शनिबार नै जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने संघ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका थिए ।

प्रतिवेदनमा वर्तमान सरकार र सत्ता गठबन्धनका कारण राष्ट्रियता, लोकतन्त्र र जनजीविकामा गम्भीर संकट निम्त्याएको उल्लेख छ । यस्तै पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मतको अभाव रहेको भन्दै त्यसको पूर्ति गर्न आवश्यक कदम चाल्ने पनि अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।