महानगरको डोजर वनस्थली-ढुंगेधारामा पनि चल्यो
वि.सं.२०७९ भदौ ११ शनिवार ११:३१
shares

अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घरटहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।
शनिबार वनस्थली चोकबाट ढुंगेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काएको महानगर जनाएको छ ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।
महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छन् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको पाण्डेले बताए । महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुंगेधारा जाने बाटोमा रहेका अनधिकृत ७ वटा टहरा भत्काइएको छ ।
यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।

























