काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ओलीको प्रतिवदेनमाथि आज समूहगत छलफल

9.32K
shares

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा हिजो शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आजको बैठकमा हिजो दश समूह विभाजित केन्द्रीय सदस्यले राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरेर सुझाव दिनुहुनेछ ।

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसंगठन तथा प्रवास र केन्द्रीय विभाग छुट्टाइएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा आजै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने छ ।