काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘निक इलेक्ट्रो टेक २०२२’को स्टल बुकिङ खुला

11.63K
shares

विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण ‘‘निक इलेक्ट्रो टेक २०२२’को बुकिङ खुला गरिएको छ ।

विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण सुरु हुन लागेको हो । उर्जा तथा विद्युतीय व्यवसायको समग्र विकास, आन्तरिक उर्जा खपतको अभिवृद्धि एवं आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल यही मंसिर २२ देखि २५ गते (December 8 to 11)सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना हुने भएकोे छ ।

महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलइडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू, घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चारसम्बन्धी उपकरणहरू, सूचना प्रविधि, विद्युतीय सवारी साधन तथा वैकल्पिक उर्जा कम्पनीहरू सहभागी हुन सक्नेछन् ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्दैछ । प्रदर्शनीका संयोजक तथा महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालका अनुसार स्टल बुकिङ गर्न इच्छुक कम्पनीहरूले electrotech@feen.org.np वा keshab@globalexposition.com.np मा सम्पर्क गरी जानकारी लिन सक्नेछन् ।