global ime bank Long Banner Ad

गृहपृष्ठ धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट

धौलागिरी लघुवित्तको आइपीओ बुधबार बाँडफाँट भएको छ ।

लघुवित्तको आइपीओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जनाले आवेदन दिएकोमा १ हजार २ सय ८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

यस्तै, गोलाप्रथामार्फत कुल ३० हजार ९ सय २९ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र सेयर पाएका छन् । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म कुल ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

प्रकाशित समय : ११:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु