global ime bank Long Banner Ad

गृहपृष्ठ खप्तड लघुवित्तले बुधबारबाट आइपीओ निष्कासन गर्ने

खप्तड लघुवित्तले बुधबारबाट आइपीओ निष्कासन गर्ने

खप्तड लघुवित्तले बुधबारबाट आइपीओ निष्कासन गर्ने

खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आज भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तले जारी पूँजी ४ करोडको प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यस्तै, कम्पनीको आइपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । सो समयमा माग बमोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु