global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डका ‘घरभेटी’को शैलुङ कन्स्ट्रक्सन ३ वर्षलाई कालोसूचीमा, नयाँ ठेक्का नपाउने

प्रचण्डका ‘घरभेटी’को शैलुङ कन्स्ट्रक्सन ३ वर्षलाई कालोसूचीमा, नयाँ ठेक्का नपाउने

प्रचण्डका ‘घरभेटी’को शैलुङ कन्स्ट्रक्सन ३ वर्षलाई कालोसूचीमा, नयाँ ठेक्का नपाउने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘घरभेटी’ शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रन्सक्सन तीन बर्षका लागि कालोसूचीमा परेको छ ।

योसँगै सरकारले शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।

काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप अधिकारीमाथि छ ।

शैलुङसहित अन्य १० निर्माण कम्पनी कालोसूचीमा परेका छन् । एक चाइनिज इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले तीन वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्षका लागि कालो सूचीमा राखेको छ ।

इटहरीको बलिया कन्ट्रक्सन, काठमाडौंको जोनसन कन्ट्रक्सन, कास्कीको जस्ट इन टाइम, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड डिस्टिव्युटर्स र पाँचथरको तुम्येहाङ निर्माण सेवालाई एक/एक वर्षका लागि सरकारीले कालो सूचीमा राखेको छ ।

कालोसूचीको विवरण :

प्रकाशित समय : १०:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु