ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्दै
वि.सं.२०७९ भदौ ७ मंगलवार १५:१५
shares

ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो समयभित्र कुनै निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य ब्यक्तिलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
























