गृहपृष्ठ मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’ सार्वजनिक
मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’ सार्वजनिक
मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ ।
यो योजनाअन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने महिलाले १ लाखसम्मको चिकित्सा सम्बन्धी बीमा (Medical Insurance) पाउने भएका छन् । यस्तै, निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ (पहिलो वर्षको लागि) र Tranquility Spa को विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट पाउने भएका छन् ।
यस योजनामा शर्तहरु लागू हुने यस योजनाका बारे थप जानकारीका लगि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सक्नेछन् । यो योजनोले नारीहरुको सम्मान गर्दै नारीलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय : ११:१४ बजे



















