काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरमा ‘ग्याङ फाइट’ हुँदा १० जना घाइते

10.96K
shares

विराटनगरमा ‘ग्याङ फाइट’ हुँदा १० जना घाइते भएका छन् । मंगलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् भने एकको अवस्था गम्भीर रहेको छ ।

विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच सामूहिक झडप भएको थियो ।

पुरानो रिसइबीका कारण दोहोरो झडप भएको थियो । घाइते राजकुमारको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।