गृहपृष्ठ विराटनगरमा ‘ग्याङ फाइट’ हुँदा १० जना घाइते
विराटनगरमा ‘ग्याङ फाइट’ हुँदा १० जना घाइते
घाइते उपचार गराउँदै
विराटनगरमा ‘ग्याङ फाइट’ हुँदा १० जना घाइते भएका छन् । मंगलबार साँझ दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका हुन् भने एकको अवस्था गम्भीर रहेको छ ।
विराटनगर महानगरपालिका-१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच सामूहिक झडप भएको थियो ।
पुरानो रिसइबीका कारण दोहोरो झडप भएको थियो । घाइते राजकुमारको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : ११:२३ बजे



















