global ime bank Long Banner Ad

गृहपृष्ठ मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरीद्वारा २२ करोड राजस्व संकलन

मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ४४ लाख राजस्व संकलन गरेको छ ।

सवारी नियम उलंघन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्डजरिबाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आर्थिक वर्षमा सवारी नियम उलंघनन गरी दण्डजरिवाना असूल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५ कार, जीप र भ्यान चालकबाट तीन करोड २० लाख राजस्व असूल गरिएको छ ।

यसैगरी १५ हजार ५४० ट्याक्टरका चालकबाट ९६ लाख, १३ हजार ४२० टेम्पु चालकबाट ९० लाख ६४ हजार र ११ हजार ६७७ बसका चालकबाट ८९ लाख २० हजार दण्डजरिवाना गरी राजस्व दाखिला गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु