global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबारदेखि खुला हुने

बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबारदेखि खुला हुने

बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबारदेखि खुला हुने

बैंक अफ काठमाण्डूले २ भदौदेखि ११ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने छ । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुने छ ।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । यसआधारमा सामूहिक लागानी कोषहरूले कुल २२ हजार इकाइ पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने छ । न्यूनतम २५ इकाइदेखि अधिकतम एक लाख इकाईसम्म आवेदन दिन सकिने छ । बैंकले सात वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्ने छ ।

यो ऋणपत्रमा छिटोमा ७ भदौसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने १६ भदौसम्म भर्न सकिने छ ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु