global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बाबरी’को ट्रेलर सार्वजनिक

‘बाबरी’को ट्रेलर सार्वजनिक

‘बाबरी’को ट्रेलर सार्वजनिक

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्मको ट्रेलरमा फिल्मका तीन मुख्य कलाकार धिरज मगर, धिरज नाड्कर र अदिती बुढाथोकीबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ।

३ मिनेट ३७ सेकेण्डको ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्धका विभिन्न आयामहरुलाई प्रस्तुत गरिएको छ। फिल्ममा धिरज मगरले ‘लभर बोय’को भूमिका निभाएका छन्, जो अदिती (बाबरी)प्रति एकोहोरो प्रेममा हुन्छन्। उनीहरुकाबीचमा धिरज नाड्करको प्रवेशपछि भएको संघर्षलाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्ममा दुई धिरज र अदितीबाहेक बादल भट्ट, कमलमणि नेपाल उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रित बोहोरा र किशोर नेपालले लेखेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन्। फिल्मको सम्पादन स्वयं निर्देशक पौडेलले नै गरेका हुन्।
फिल्म असोज १४ गतेबाट प्रदर्शनमा आउँदै छ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु