गृहपृष्ठ सुनको मूल्य प्रतितोला ९६ हजार दुई सयमा झर्‍यो

सुनको मूल्य प्रतितोला ९६ हजार दुई सयमा झर्‍यो

सुनको मूल्य प्रतितोला ९६ हजार दुई सयमा झर्‍यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु