गृहपृष्ठ आयल निगमको मनलाग्दी, ३ पटक लागत घट्दा पनि इन्धनको भाउ घटेन
आयल निगमको मनलाग्दी, ३ पटक लागत घट्दा पनि इन्धनको भाउ घटेन
खरिद लागतमा उल्लेख्य गिरावट आउँदा पनि नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघटाउने भएको छ ।
२० असारयता डिजेल र पेट्रोलमा मात्रै खरिद लागत एक लिटरमा ३४ रुपैयाँ घटेको छ । मंगलबार मात्र भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । लगातार तेस्रो पटक मूल्य घटेर आएपनि निगमले भने आईओसीलाई तिर्नुपर्ने वक्यौता र ऋण देखाएर उपभोक्ता मूल्य नघटाउने बताएको छ ।
‘निगमको आर्थिक भार उच्च भएका कारण तत्काल मूल्य घटाउने निर्णय गर्न सकिएन’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘निगम अझै भारतीय आयल कर्पोरेसन (आईओसी) को २३ अर्ब र सरकार तथा वाणिज्य बैंकको १० करोड गरी ३३ अर्ब रुपैयाँ आर्थिक भारमा छ ।’ निगम गत वर्ष ५० अर्ब घाटामा जाँदा वित्तीय अवस्थामा समस्या रहेको भन्दै थानीले तत्काल मूल्य समायोजन हुन नसक्ने बताए ।
लगातार इन्धनको खरिद लागत घट्ने र नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ मूल्य महँगो हुँदा पनि उपभोक्तालाई महँगो मूल्यको पासोमा राखिनु गलत भएको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
प्रकाशित समय : ०७:१३ बजे



















