३३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य तत्काल घट्दैन : आयल निगम
वि.सं.२०७९ साउन ३१ मंगलवार १९:२०
shares

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो ।
अझै ऋण र भुक्तानीको बक्यौता धेरै रहेकाे निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए । उनले भने, ‘त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिँदैन ।’ उनले १० अर्ब ऋण रहेको पनि बताए ।
भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी २३ लाख रहेको उनको भनाइ छ । ‘दुवैगरी ३३ लाख तिर्न बाँकी छ । निगमले अहिले मासिक १४ करोड ब्याज मात्र तिर्नुपरिरहेको छ,’ उनले भने ।

























