nmb bank

गृहपृष्ठ आइएमई लाइफ इन्स्योरेन्सद्वारा ५ हजार ८४८ जनालाई बिमा साक्षरता

आइएमई लाइफ इन्स्योरेन्सद्वारा ५ हजार ८४८ जनालाई बिमा साक्षरता

आइएमई लाइफ इन्स्योरेन्सद्वारा ५ हजार ८४८ जनालाई बिमा साक्षरता

आइएमई लाइफ इन्स्योरेन्सले आयोजना गरेको बिमा साक्षरता जागरण अभियानमा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । कम्पनीले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसर पारेर सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा उक्त अभियान सञ्चालन गरेको हो ।

सोही अवसरमा आयोजना गरेको रक्तदान कार्यकममा ५७१ जनाले रक्तदान गरेका छन् भने १ हजार ३०२ जनाले स्वास्थ्य शिविर कार्यक्रममा भाग लिएको कम्पनीले जानकारी दिएको छ ।

मुलुकभर गरिएको बिमा साक्षरता जागरण कार्यक्रममा ५ हजार ८ सय ४८ विद्यार्थी सहभागी भएका थिए भने ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो ।

बिमा कम्पनीले एकैदिन ५ हजार ८४८ भन्दा बढी विद्यार्थीलाई बिमासम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतः यो पहिलोपटक रहेको कम्पनीको दाबी छ ।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु