काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्प्राइट पिउँदा स्मार्टफोन र टेलिभिजन उपहार पाउने मौका

10.56K
shares

स्प्राइटले प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ । जसअनुसार उपभोक्ताले दैनिक सामसङ स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्राप्त गर्नेछन् ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका-कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागू हुने कम्पनीले जनाएको छ । उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।

यो अफरमा सहभागी हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्युआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ ।

यो अफर स्प्राइट, कोका-कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागू हुने जनाइएको छ । साउनबाट सुरु भएको यो अफर असोज ९ गतेसम्म लागू हुनेछ ।