गृहपृष्ठ सांग्रिला मुद्दती धमाका : १० गुणा प्रतिफल, ८० प्रतिशतसम्म कर्जा
सांग्रिला मुद्दती धमाका : १० गुणा प्रतिफल, ८० प्रतिशतसम्म कर्जा
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सक्नेछन् ।
यस मुद्दती योजना अन्तर्गत बचत रकम अनुसार ४ गुणा, ५ गुणा र १० गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ । ग्राहकले यस योजना अन्तर्गत आफ्नो वचत रकमको १२ वर्ष २ महिना १४ दिनमा ४ गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् भने सोही अनुसार १४ वर्ष २ महिना १ दिन र २० वर्ष ३ महिना १४ दिनमा क्रमशः ५ गुणा र १० गुणा रकम/प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
यस योजना अन्तर्गतका खातामा ग्राहकले कर्जाको सुविधा प्राप्त गर्न सक्ने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकको अनुसार ग्राहकले आफ्नो बचत रकममा कर्जा लिनेरदिने दिनसम्म पूँजीकरण गरिएको व्याज रकम समेत जोडेर हुन आउने रकमको ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।
यस योजनामा सहभागी हुन चाहने ग्राहकले मुलुकभर रहेको ११२ शाखा कार्यालयमार्फत सुलभ तरिकाले खाता खोली रकम बचत गर्न तथा कर्जा सुविधा लिन सक्नेछन् । यो योजना सीमित अवधिको लागि मात्र सञ्चालन गरिएको बैंकले जनाएको छ ।
बैंकले मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएमको साथै बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : १९:४१ बजे



















