global ime bank Long Banner Ad

गृहपृष्ठ देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ युवा सञ्जालले आज यहाँ आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताए ।

‘कुनै पनि देश अर्कैले बनाइदिएको छैन । आफैँ बनाएर बनेको छ । हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हुँदैन,’ उनले भने । उनले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताए । ‘चीन तीन/चार दशक अगाडि गरिब थियो । तीन/चार दशकमा ठूलो जनसंख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिएर चीन बनेको हो । चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ ।’

पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राखे । समाजलाई सभ्य सु-संस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन/चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताए । उनले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु