आजको मौसम:खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ
वि.सं.२०८३ कात्तिक १५ आइतवार ०५:५६
shares

जल तथा मौसम विज्ञान विभाग आइतबार देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
दिउँसोको मौसम कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थान तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ।
आज बेलुका देशभर साधारणतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा र हिमपात तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

























