गृहपृष्ठ नेयमारका दुई गोलमा पीएसजीको जित
नेयमारका दुई गोलमा पीएसजीको जित
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शनिबार लगातार दोस्रो जित निकालेको छ । नेयमारको दुई गोलको मद्दतले पीएसजीले मोप्लियरलाई ५-२ ले हरायो ।
नयाँ प्रशिक्षकका रूपमा क्रिस्टोफ ग्लाटिएर आएयता पीएसजीले सुरुआती दुई खेलबाट अधिकतम छ अंक बटुलेको हो । यस सजिलो जितमा फयाने साको, वाहबी खाजरी र इन्जो चोटोले एक एक गोल गरे ।
पीएसजीले नयाँ सिजनको पहिलो खेलमा पनि क्लेमोन्टमाथि पाँच गोलकै जित निकालेको थियो । शनिबारको अर्को खेलमा मोनाको र नेनेसले १-१ को बराबरी खेले ।
प्रकाशित समय : ०७:०३ बजे



















