global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन पावरको साधारण सभा, सञ्चालक चयनदेखि नियमावली संशोधनसम्मका एजेन्डा

हिमालयन पावरको साधारण सभा, सञ्चालक चयनदेखि नियमावली संशोधनसम्मका एजेन्डा

हिमालयन पावरको साधारण सभा, सञ्चालक चयनदेखि नियमावली संशोधनसम्मका एजेन्डा

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आगामी असार ३२ गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ।

असार १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो। सभामा कम्पनीको संस्थागत संरचना र व्यवस्थापनसँग सम्बन्धित विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गरिनेछ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा प्रदान गरेको आर्थिक सहयोगलाई अनुमोदनका लागि सभामा पेश गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। नियामक निकायबाट थप संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत पेश गरिनेछ।

यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले टुंगो लगाउनेछ।

सभाको अर्को महत्वपूर्ण एजेन्डाका रूपमा सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र सञ्चालक नियुक्ति रहेको छ। कम्पनीको भावी नेतृत्व चयनसँग सम्बन्धित यी प्रस्तावले सभालाई थप महत्व दिएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन र मतदान गर्न योग्य हुनेछन्।

प्रकाशित समय : १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु