global ime bank Long Banner Ad

गृहपृष्ठ निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको तयारी

निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको तयारी

निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको तयारी

‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्‍याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो ।

निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरुद्ध बलात्कारको अभियोगमा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएका थिए । उक्त फैसलाविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । हाल आफ्नो बच्चाको डीएनए टेस्ट गर्नुपर्ने मागसहित आमरण अनसनमा पनि बसिरहेकी छन् ।

कानूनमन्त्री तथा न्यायापरिषद् सदस्य गोविन्द बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाही प्रक्रिया सुरु भइसकेको पुष्टि गरे ।

‘श्रीमानले पनि श्रीमतीविरुद्ध जबरजस्ती सम्बन्ध राखेमा त्यो बलात्कार ठहरिन सक्ने विद्यमान कानून रहेको अवस्थामा प्रेम सम्बन्ध रहेकै कारण बलात्कार होइन भन्न मिल्दैन,’ बन्दीले भने, ‘फैसला गर्ने न्यायाधीशको क्षमतामा प्रश्न उठेकाले न्यायापरिषद‍्मार्फत कारबाहीको प्रक्रिया सुरु भइसकेको छ ।

उनले कस्तो प्रकृतिको कारबाही हुन्छ भन्ने चाहिँ खुलाउन चाहेनन् ।

यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चासो व्यक्त गर्दै कानूनमन्त्री र महान्यायाधीवक्तासँग छलफल गरेकी थिइन् । राष्ट्रपति भवन अघि नै आत्मदाहको प्रयास गरेकी निहारिकालाई न्याय दिन राष्ट्रपतिले पहलकदमी लिएकी छन् ।

प्रकाशित समय : ०६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु