गृहपृष्ठ मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित
मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड मनिष डाँगी बहराइनको क्लबमा अनुबन्धित भएका छन् । उनी बहराइनको दोस्रो डिभिजन क्लब इतिहाद अल रिफ क्लबमा अनुबन्धित भएका हुन् ।
क्लबले मनिषलाई २०२२-२३ को सिजनका लागि अनुबन्ध गरेको बताइएकाे छ । इतिहादले सामाजिकसञ्जाल इन्स्टाग्राममार्फत् उनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । अनुबन्ध रकम भने क्लबले खुलाएको छैन ।
दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल खेलेर नेपाल फर्किएका मनिषले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) विराटनगर सिटी एफसीबाट खेलेका थिए । उनी दोस्रो संस्करणको एनएसएलका लागि पनि विराटनगरमै आवद्ध भएका छन् । मनिषले सहिद स्मारक ‘ए’डिभिजन लिग भने साविकको विजेता मछिन्द्र क्लबबाट खेलेका थिए ।
उनले विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गर्दै पहिलो गोल गरेका थिए । यस्तै, गत वर्ष असोजमा सम्पन्न साफ च्याम्पियनसिप माल्दिभ्सविरुद्ध एक गोल गरेका थिए ।
प्रकाशित समय : २०:१५ बजे




















