गृहपृष्ठ देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्छ: अध्यक्ष ओली
देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्छ: अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा संघको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।
उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन,’ उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो । उनले देशको राजनीतिलाई सही ढंगबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए ।
ओलीले एमालेको उद्देश्य शान्तिपूर्ण नेपाल र समृद्ध नेपाल रहेको भन्दै सामाजिक न्याय र समानता सहितको नेपाल निर्माण गर्न खोजिरहेको बताए । उनले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था सही ढंगले गर्न सके नेपाललाई सुन्दर बनाउन सकिने धारणा राखे ।
प्रकाशित समय : २०:०८ बजे




















