global ime bank Long Banner Ad

गृहपृष्ठ बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड

काठमाडौँ । श्रीलङ्काको कोलम्बोमा सम्पन्न बालबालिका विरुद्धको हिंसा अन्त्य गर्नेसम्बन्धी दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनले क्षेत्रीय प्रतिबद्धतालाई सुदृढ पार्नेलगायत सङ्कल्प गरेको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०, श्रीलङ्का सरकार, दक्षिण एसियाका लागि युनिसेफ क्षेत्रीय कार्यालय, विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय कार्यालयहरू र पूर्वी भू–मध्यसागरीय र बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवको विशेष प्रतिनिधिको कार्यालयले यही जुन २३–२४ २०२६ सम्म सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनमा दक्षिण एसियाभरका मन्त्री, वरिष्ठ सरकारी अधिकारी, बाल संरक्षण नेता, विकास साझेदार र क्षेत्रीय विज्ञहरू सहभागी थिए । सम्मेलनले बालबालिका विरुद्ध हुने हिंसा अन्त्य गर्नु नैतिक अनिवार्यता र विकास आवश्यकता भएकामा जोड दिएको थियो ।

श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरसुरियाले प्रत्येक बालबालिकालाई हिंसा, डर र शोषणबाट मुक्त भएर हुर्कने अधिकार छ । “हाम्रो साझा जिम्मेवारी भनेको समाज निर्माण गर्नु हो जहाँ प्रत्येक बालबालिका सुरक्षित, मूल्यवान र सम्मान र आशाका साथ फस्टाउने अवसर दिइन्छ’’, उनले भन्े ।

सार्कका महासचिव राजदूत मोहम्मद गोलम सरवारले क्षेत्रीय लडाइँ मौलिक रूपमा दिगो विकासको लागि विश्वव्यापी प्रतिज्ञामा आधारित भएकाले बालबालिकालाई सुरक्षित तुल्याउनु आवश्यक भएको बताए ।

बालबालिका विरुद्धको हिंसासम्बन्धी संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि डा नजत माल्ला मजिदले बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न बहुसरोकारवाला र सीमापार सहयोग आवश्यक भएको बताए ।

“बढ्दो विश्वव्यापी विभाजनको समयमा, बहुपक्षीयता साझेदारलाई जोड्ने, क्षेत्र र बाहिरका समाधानको नेतृत्व गर्ने, बाल संरक्षण र कल्याणमा दिगो लगानी सुनिश्चित गर्ने सबैभन्दा बलियो उपकरण मध्ये एक हो । दक्षिण एसियामा आजको सम्मेलनले सबै सेटिङहरूमा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने हाम्रो वाचा पूरा गर्नसँगै काम गर्न र छिटो काम गर्न जारी राख्ने एक महत्वपूर्ण क्षणको प्रतिनिधित्व गर्दछ’’, उनले भन्े ।

नेपालको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, श्रीलङ्कास्थित नेपाली दूतावास र युनिसेफ नेपालका प्रतिनिधिमण्डल सहभागी थिए ।

प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सचिव राधिका अर्यालले गर्ेका थिय । सचिव अर्यालले बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न विश्वस्तरको प्रतिबद्धतालाई नेपाललले पालना गर्दै आएको बताए ।(

प्रकाशित समय : १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु