काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

1.66K
shares

गण्डकी । पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली पठाउने भएको छ ।

नगरप्रमुख धनराज आचार्यले सहायता टोलीलाई कुन ठाउँमा पठाउने भन्ने विषयमा सुरक्षा निकायसँग आवश्यक परामर्श र समन्वय भइरहेको जानकारी दिए ।

प्राकृतिक विपद्को घडीमा राहत तथा उद्धार कार्य एकद्वार प्रणालीमार्फत व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिए । राहत तथा उद्धारका लागि महानगरपालिकाले सम्बद्ध निकायसँग सम्पर्क, समन्वय र सहजीकरण गरिरहेको प्रमुख आचार्यले बताए ।

महानगरका तर्फबाट थप सहयोग र राहत सामग्री पठाइने उनको भनाइ छ । विपद्को घडीमा धैर्य, संयम र मानवीय भावना कायम राख्न सबैमा उनको आग्रह छ । आज बिहान आएको बाढीले भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि यहाँका अन्य स्थानीय तहले पनि राहत रकम घोषणा गरेका छन् ।