global ime bank Long Banner Ad

गृहपृष्ठ परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का नेतृत्त्वको ११ सदस्यीय टोलीले चीनको तीन दिने भ्रमण गर्न लागेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधि मण्डलले चीन भ्रमण गर्न लागेको हो । भ्रमणमा दुई मुलुकबीचको आपसीहितका विषयमा छलफल हुने बताइएको छ ।

शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो  । भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयनलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : ०८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु