global ime bank Long Banner Ad

गृहपृष्ठ अग्नि ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा

अग्नि ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा

अग्नि ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा

नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश​’ प्रश्यांग, पोखरामा सञ्चालनमा ल्याएको छ ।

पोखरा अटो वर्कश अग्नि ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ ।

पोखरा अटो वर्कशको उद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतास, युगल सिंह, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड र सन्तोष सुवेदी– गण्डकी प्रदेश प्रबन्धकद्वारा अग्नि ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरूका साथसाथै अन्य अतिथिहरूको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

अग्नि ग्रुपले हाल नेपाल राज्यभरि रहेका आफ्ना नेटवर्कहरूबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ ।

प्रकाशित समय : २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु