काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नमस्ते पेमा ‘लोयल्टी प्वाइन्टस्’ प्रणालीको सुरूवात

14.66K
shares

नमस्ते पेले आफ्नो एपमा लाेयल्टी कार्यक्रम ल्याएको छ । यो सुरुवातसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने छ ।

नमस्ते पेको लाेयल्टी प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित रहेको छ । प्रत्येक प्रयोगकर्ताले हरेक एक सयको खर्चमा (2 NP Coins/Points) पाउने छन् र प्रत्येक (8 NP Points/Coins) को मूल्य एक रूपैयाँ हुने कम्पनीले जनाएको छ ।

सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले एनपी प्वाइन्ट संकलन गर्न सक्नेछन् । यस्तै, नमस्ते पेमा उपलब्ध लाेयल्टी प्वाइन्टस्मा आकर्षक प्रस्ताव समावेश भएका छन् । जस्तै, एनपी प्वाइन्टस् प्रयोग गरी विभिन्न भ्वाइस र डेटा प्याकहरू/ टप-अप redeem गर्नसक्ने , विभिन्न कुपन/अनलाइन सपिङ भाैचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले एनपी प्वाइन्टहरूलाई नमस्ते पैसा वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकट, होटल र ट्रिप र थप डिजाइन गरिएका अभियानहरूमासमेत प्रयोगकर्ताहरूले (NP Points redeem) गर्ने मौका पाउनेछन् ।