global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

भिडन्तका क्रममा इजरायलमा ५१ को मृत्यु भएको दाबी

इजरायली सुरक्षाकर्मी र गाजा क्षेत्रका विद्रोही समूहका बीचमा भएको भिडन्तका क्रममा कम्तीमा ५१ मृत्यु भएको दाबी गरिएको छ । पछिल्लो तीन दिनमा भएको भिडन्तमा परी ४३ जनाको मृत्यु भएको बताइएकोमा इजरायली सुरक्षा फौजले नै ५१ जनाको मृत्यु भएको पुष्टि गरेकोे हो ।

कुल मृतकमध्ये २४ जना विद्रोही पक्षका लडाकू रहेका छन् भने २७ जना गाजा क्षेत्रका स्थानीय बासिन्दा रहेका छन् । सरकारी पक्षले भिडन्तका क्रममा मृत्यु भएका ११ जना युद्धमा कुनै पनि पक्षबाट संलग्न नभएको जनाएको छ । घटनामा परी केही बालबालिकाको समेत मृत्यु भएको पाइएको छ ।

‘धेरै प्यालेस्टाइनीहरुको मृत्यु इस्लामिक जिहाद समूहका कारणले भएको छ, यसबाट हामीले सिक्न सक्नु पर्दछ,’ एक सुरक्षा अधिकारीले भने ।

गाजा क्षेत्रमा इस्लामिक जिहाद समूहले लामो समयदेखि विद्रोही गर्दै आएको छ । उनीहरुको विद्रोहका कारण बेला बेलामा दुई पक्षका बीचमा भिडन्त हुने गरेको छ ।

पछिल्लो दिन दिनमा भएको भिडन्तलाई अति क्षतिपूर्ण घटनाको रुपमा लिइएको छ । दुवै पक्षले यसलाई नराम्रो घटनाका रूपमा महसुस गरेकाले अहिले दुवै पक्षले युद्धविराम घोषणा गरेका छन् ।

सोमबार मध्यरातदेखि लागु हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन् । इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खबर थाहा पाएपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका छन् ।

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु