global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूको रिकरिङ र रिभर्स रिकरिङ खाता सार्वजनिक

बैंक अफ काठमाण्डूको रिकरिङ र रिभर्स रिकरिङ खाता सार्वजनिक

बैंक अफ काठमाण्डूको रिकरिङ र रिभर्स रिकरिङ खाता सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरु सार्वजनिक गरेको छ ।

वित्तीय ब्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेकाको लागी विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् ब्याजदर सहितको वित्तीय ब्यवस्थापनको सुविधा भएको खाता सार्वजनिक गरेको हो ।

बैंकले ग्राहकको वित्तीय ब्यावस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहकहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।

यस खातामा न्यूनतम् १,००० देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी दैनिक, साप्ताहिक तथा मासिक ५०० को गुणांकमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि रिकरिङ निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०%सम्म कर्जा पाउने ब्यवस्था रहेको बैंले जनाएको छ ।

बिओके रिभर्स रिकरिङ निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक यस बैंकले सार्वजनिक गरेको हो । न्यूनतम् कुल मौज्दात २ लाख भएको यस खातामा ग्राहकलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् १ वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय ब्यवस्थापन अवधि रहेको छ ।

साथै, यस रिकरिङ तथा रिभर्स रिकरिङ निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुबिधा रहेको छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु