गृहपृष्ठ प्रधानन्यायाधीश विरूद्धको महाभियोग संसदको कार्यसूचीमा
प्रधानन्यायाधीश विरूद्धको महाभियोग संसदको कार्यसूचीमा
प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ ।
‘२०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
जवराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन् ।
प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरे पनि छलफल अगाडि बढ्न सकेको छैन ।
संसदकाे कार्यसूची :

प्रकाशित समय : १५:५५ बजे



















