nmb bank

गृहपृष्ठ ‘जसपा पतन हुने अवस्था आएपछि नयाँ पार्टी खोल्यौं’

‘जसपा पतन हुने अवस्था आएपछि नयाँ पार्टी खोल्यौं’

‘जसपा पतन हुने अवस्था आएपछि नयाँ पार्टी खोल्यौं’

नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्क गरेका छन् ।

नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनुपरेको बताए । ललितपुरको बालकुमारीमा शनिबार सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम बैठकमा बोल्दै उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘जसपाले संर्कीण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो। हामीले संघर्षहरु गर्‍यौँ, बहसहरु गर्‍यौँ । हामी त्यही पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रीय समितिको विस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्‍यौँ । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए । उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् ।’

नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । उनले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गरे ।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु