nmb bank

गृहपृष्ठ मेलान्ज फेसन स्टोरको ‘दशमा दश अफर’

मेलान्ज फेसन स्टोरको ‘दशमा दश अफर’

मेलान्ज फेसन स्टोरको ‘दशमा दश अफर’

मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सीमित अवधिका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यासब्याकको अफर ल्याएकाे हाे ।

यो योजनामा ग्राहकले दश हजार वा सोभन्दा माथिको खरिद गर्दा दश हजार क्यासब्याक पाउन सकिनेछ । पाँच हजारको खरिदमा २५०० र सोभन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको छ । यो योजनामा केही सर्तहरु रहेका छन् । जसअनुसार ग्राहकले समान खरिद गर्दा एकै प्रकृतिको समान वा एकै डिजाइनको समान धेरै संख्यामा खरिद गर्न भने मिल्ने छैन ।

२०१७ को जनवरीबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ । शाखा आउटलेटहरु काठमाडौंकै गल्फुटार र पेप्सीकोलामा रहेको छ । साथै इटहरी, नेपालगंज र धनगढीमा पनि रहेको छ ।

मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरुका लागि लुगाकपडा र अन्य फेसनका समानहरु पाइन्छ । हरेक आउटलेटमा एकै खाले समान र सुपथ मूल्य तथा मोलमोलाई गर्नु नपर्ने मेलान्जको विषेशता हाे ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु