global ime bank Long Banner Ad

गृहपृष्ठ मेलान्ज फेसन स्टोरको ‘दशमा दश अफर’

मेलान्ज फेसन स्टोरको ‘दशमा दश अफर’

मेलान्ज फेसन स्टोरको ‘दशमा दश अफर’

मेलान्ज फेसन स्टोरले नयाँ अफर ल्याएको छ । मेलन्जले साउन २१ गतेबाट सीमित अवधिका लागि दश हजार रुपैयाँको खरिदमा दश हजार नै क्यासब्याकको अफर ल्याएकाे हाे ।

यो योजनामा ग्राहकले दश हजार वा सोभन्दा माथिको खरिद गर्दा दश हजार क्यासब्याक पाउन सकिनेछ । पाँच हजारको खरिदमा २५०० र सोभन्दा कमको खरिदमा पनि विभिन्न योजना रहेको छ । यो योजनामा केही सर्तहरु रहेका छन् । जसअनुसार ग्राहकले समान खरिद गर्दा एकै प्रकृतिको समान वा एकै डिजाइनको समान धेरै संख्यामा खरिद गर्न भने मिल्ने छैन ।

२०१७ को जनवरीबाट सुरु भएको मेलान्ज स्टोरको मुख्य आउटलेट काठमाडौंको कमल पोखरी सिटी सेन्टरमा रहेको छ । शाखा आउटलेटहरु काठमाडौंकै गल्फुटार र पेप्सीकोलामा रहेको छ । साथै इटहरी, नेपालगंज र धनगढीमा पनि रहेको छ ।

मेलान्जमा विभिन्न उमेर समूहका महिला, पुरुष र बच्चाहरुका लागि लुगाकपडा र अन्य फेसनका समानहरु पाइन्छ । हरेक आउटलेटमा एकै खाले समान र सुपथ मूल्य तथा मोलमोलाई गर्नु नपर्ने मेलान्जको विषेशता हाे ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु