काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१२.६३% ले बढ्यो प्राइम बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

10.4K
shares

प्राइम बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमाससम्ममा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले अघिल्लो वर्षको तुलनामा १२.६३% ले खुद नाफा कमाएको हो । यस बैंकको खुद ब्याज आम्दानी ८.९२% र सञ्चालन नाफा ११.७७% ले वृद्धि भएपछि खुद नाफामा पनि सुधार भएको हो ।

बैंकको रिजर्भ कोष २६.६१% ले बढेर ६ अर्ब ५० करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५९ पैसाले घटेर १९ रुपैयाँ ७३ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।